npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

टेलिकमका सञ्चालकले एक वर्षमा बुझे साढे २२ लाख भत्ता, सञ्चारसचिव अर्यालले लिइन् ३ लाख

Basudev Timalsina 8 hours ago

काठमाडौं। नेपाल टेलिकमका सञ्चालकहरुले एक वर्षमा साढे २२ लाख रुपैयाँ भत्ता बुझेका छन्। टेलिकमका सञ्चालकहरुले गत आर्थिक वर्ष ४२ वटा बैठकमा सहभागी भएबापत २२ लाख ४३ हजार हजार रुपैयाँ भत्ता बुझेका हुन्।

भत्ता धेरै बुझ्नेमा मनिषजंग जोही छन्। उनले गत आर्थिक वर्ष टेलिकमको सञ्चालक समितिको बैठकमा सहभागी भएबापत ३ लाख ७ हजार रुपैयाँ भत्ता लिएका हुन्। उनी ४१ वटा बैठकमा सहभागी भएको टेलिकमको सञ्चालक समितको प्रतिवेदनमा उल्लेख छ।

यस्तै सञ्चालक समितिको अध्यक्ष रहेको सञ्चार सचिव राधिका अर्यालले ३ लाख रुपैयाँ भत्ता बुझेकी छन्। कम्पनी सचिव द्वारिका प्रसाद पौडेलले २ लाख ५५ हजार, कोषहरि निरौलाले २ लाख २५ हजार र लोकबहादुर कटुवालले २ लाख २ हजार ५०० रुपैयाँ भत्ता बुझेका छन्।

निरौला सञ्चार मन्त्रालयका सहसचिव र कटुवाल टेलिकमकै कर्मचारी हुन्। टेलिकमको सञ्चालक समितिका सदस्यले प्रति बैठक भत्ता बापत ७ हजार ५०० रुपैयाँ पाउँछन्।

सञ्चालक समितिको बैठकमा सहभागी भएका १५ जनामध्ये कानुन मन्त्रालयका सहसचिव कोमलबहादुर खत्रीले १ लाख ७२ हजार ५०० र अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले १ लाख २७ हजार ५०० रुपैयाँ भत्ता लिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन टेलिकमको पुस ३० गते बसेको बैठकले स्वीकृत गरेको छ।

The post टेलिकमका सञ्चालकले एक वर्षमा बुझे साढे २२ लाख भत्ता, सञ्चारसचिव अर्यालले लिइन् ३ लाख appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category