बालेनसँग भेटको फोटो पोस्ट गर्दै कुलमानले भने, ‘देश बनाउने अभियानमा हामी सँगै छौं’
Narayan
|
8 hours ago
काठमाडौं। उज्यालो नेपाल पार्टी निर्माणमा अग्रसरता लिएर राजनीतिमा होमिने निश्चित गरेका ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग भेट गरेका छन्।
घिसिङले फेसबुकमा फोटो सेयर गर्दै भेट पुष्टि गरेका छन्। शनिबार शाह र घिसिङबिच भेट भएको हो।
फोटो सेयर गर्दै घिसिङले भनेका छन् (देश बनाउने अभियानमा हामी सँगै छौं। घिसिङको अग्रसरतामा दल दर्ता भए पनि पार्टीको कुनै कार्यसमितिमा छैनन्।
The post बालेनसँग भेटको फोटो पोस्ट गर्दै कुलमानले भने, ‘देश बनाउने अभियानमा हामी सँगै छौं’ appeared first on BIZMANDU.