Taksar News
रवि लामिछानेको मुद्दा फिर्ता लिएकोबारे ओली: महान्यायाधिवक्ताको कार्यालय इतिहासम्मका लागि कलङ्कित बन्यो
काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिएर महान्यायाधिवक्ता कार्यालय इतिहासम्मका लागि कलंकित बनेको टिप्पणी गरेका छन् ।
काठमाडौँमा बिहीवार आयोजित ४२ औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्।
उनले अहिले विश्वभर जस्तै शासन नेपालमा पनि चलिरहेको भन्दै थिति र विधिको शासन देशमा नभएको बताए । उनले अहिले मुलुकमा सुशासन र थिति नभएको भन्दै कसैलाई ठगेपनि मुद्दा फेर्ने वा आममाफी पाइने भन्दै व्यंगात्मक टिप्पणी गरे । उनले आराेपिको मुद्दा फिर्ता लिएर ठगिएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ? भन्दै प्रश्न गरे ।
उनले जेन–जी विद्रोहका क्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुरमाथि भौतिक आक्रमण हुँदा पार्टीकै नेताहरु उक्त घृणित कार्यको समर्थनमा उत्रिएको टिप्पणी पनि गरे।