npl.977 Nepal News Stream

RONB post logo RONB post

सुनको भाउ प्रतितोला २ लाख ५२ हजार नाघ्यो

RONB Post 19 hours ago

काठमाडौं । सुनको भाउ आज पनि बढेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १६ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २०० कायम भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६०० कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा एक सय ४५ रुपैयाँ बढेको छ । चाँदी आज एक सय ४५ रुपैयाँले बढेर तोलाको तीन हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार तीन सय ४५ रुपैयाँ थियो ।

The post सुनको भाउ प्रतितोला २ लाख ५२ हजार नाघ्यो appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category