npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

जेनजी आन्दोलन : विराटनगरमा आगजनी गर्ने समूहका नाइकेसहित ५ जना पक्राउ

Saral Patrika 11 hours ago

विराटनगर। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विराटनगरका सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गर्ने समूहका नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने समूहका नाइके ताजिम अन्सारी नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) का स्थानीय नेता हुन्। उनले सामान्य प्रशासन मन्त्री अमनलाल मोदी मन्त्री हुँदा उनका स्वकीय सचिवको रूपमा काम गरेका थिए। गत भदौ २४ गते सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गर्ने समूहको नेतृत्व उनै अन्सारीले गरेको प्रहरीको भनाइ छ।

तोडफोड र आगजनीमा संलग्न भएको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको मोरङका निमित्त प्रवक्ता प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए। आगजनी र तोडफोडको फोटा, भिडियो सार्वजनिक भएको थियो। उनका अनुसार अन्सारीलाई विराटनगर बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार, अन्सारीसहित राजीव यादव, अरुण साह सोनार, महेश नेपाल र आवाज पौडेल पक्राउ परेका छन्। पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read more news from Saral patrika

Explore by Source or Category