RONB post
एसीसी यू- १९ प्रिमियर कपः उपविजेतामै रोकियो नेपाल
RONB Post
|
2 hours ago
काठमाडौं । ब्याटिङ नचल्दा नेपाल एसीसी यू-१९ प्रिमियर कपमा उपविजेतामा सीमित भएको छ। घरेलु टोली यूएईसँग नेपाल सोमबार फाइनलमा २७ रनले पराजित भएको हो।
यूएईले दिएको १४८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १२० रन मात्र बनाउन सक्यो।
नेपालका अशोक धामीले सर्वाधिक ३४ रन बनाए। ६६ बल खेलेका उनले ४ चौका प्रहार गरे। रोशन विश्वकर्मा र आशिष लोहारले समान २५ रनको योगदान दिए पनि अन्यले खुलेर खेल्न सकेनन्।
The post एसीसी यू- १९ प्रिमियर कपः उपविजेतामै रोकियो नेपाल appeared first on RONB post.