npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

एमाले बागमती प्रदेशद्वारा विशेष चुनावी अभियानको तयारी

नेपाल न्युज 3 hours ago

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको तयारी पूरा भएको जनाएको छ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। यही माघ ४ गते काठमाडौँको भृकुटीमण्डपबाट जनप्रदर्शनसहित कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर सभामार्फत् अभियान थालिने छ। सभालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्।

एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले आफ्नो प्रदेश निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्रताका साथ लागेको बताउँदै चुनावका लागि सुरक्षित वातारण बनाउन सरकारसँग आग्रह गरेका छन्।

प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले एमालेले निर्वाचनलाई लोकतान्त्रिक पद्धतिको पुनःस्थापनाका रूपमा लिएको बाताएका छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category