npl.977 Nepal News Stream

Taksar News logo Taksar News

खाद्य विभागद्धारा नाकामा फलफूल र तरकारीको विषादी परीक्षण, उपभोग योग्य प्रमाणित

टक्सार न्युज 16 hours ago

काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काभ्रे नाकाबाट राजधानीमा भित्रिने फलफूल तथा ताजा तरकारीमा गई राति गरेको आकस्मिक निरीक्षण–अनुगमनको रिपोर्ट सार्वजनिक गरेको छ।

विभागले १२ मंसिर राति १०:३० बजेदेखि १३ मंसिर बिहान ३:३० बजेसम्म सञ्चालन गरेकाे अनुगमनका क्रममा २३ ओटा सवारी साधनबाट ल्याइएका विभिन्न तरकारी तथा फलफूलको नमुना सङ्कलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत जीवनाशक विषादीको अवशेष परीक्षण गरेको जनाएको छ।

अनुगमन टोलीले नागढुंगामा बन्दा, काउली, टमाटर, सुन्तला, क्याप्सिकम, कोको, फर्सी, सिमी, सागसब्जी, मूला, माछे खुर्सानी, धनियाँ, लौका, मटरकोसा, प्याज र स्कुसलगायत ४१ ओटा नमुना सङ्कलन गरेको थियो। यी वस्तुहरू मुख्यतः मकवानपुर, चितवन, धादिङ, दमौली, नवलपुर र गोरखाबाट आएका हुन्। परीक्षण गरिएका सबै ४१ नमुनामा विषादी अवशेषको मात्रा स्वीकृत स्तरभित्रै रहेको विभागले जनाएको छ।

कालीमाटी, बल्खु, धुम्बाराही र चाबहिल फलफूल तथा तरकारी चोकमा विक्री वितरणका लागि ल्याइएका उत्पादनमा अवशेष परीक्षण अनुकूल निस्किएकाले उपभोक्ता निश्चिन्त हुन सक्ने विभागको भनाइ छ।

Read more news from Taksar News

Explore by Source or Category