NepalWatch
कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान
Nepal Watch
|
1 day ago
काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले मंगलबार कार्यतालिका सार्वजनिक गरेका हुन्।
कार्यतालिका अनुसार आजै राति ९ बजेबाट मतदान हुनेछ । त्यसअघि मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ भने नामावलीमाथिको दाबी–विरोध र छलफल साढे १ बजेसम्म हुनेछ। दिउँसो ४ बजे अन्तिम मतदाता नामावली र साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।