गगनले खोजे देउवाको साथ, ‘लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा साथ रहने विश्वास छ’
काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रियालाई पूर्वसभापति शेरबहादुर देउवालगायतका नेताहरुले सहज रुपमा स्वीकार गर्ने विश्वास लिएको बताएका छन्।
निर्वाचन आयोगले विशेष महाधेशनलाई आधिकारिकता दिने निर्णय गरेसँगै जारी गरेको वक्तव्यमा देउवासहितका नेताहरुको साथ रहने पनि विश्वास व्यक्त गरेका छन्।
वक्तव्यमा उनले भनेका छन्, ‘यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं।’

The post गगनले खोजे देउवाको साथ, ‘लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा साथ रहने विश्वास छ’ appeared first on BIZMANDU.