npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

समानुपातिक निर्वाचन प्रणालीतर्फ आयोगमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Basudev Timalsina 3 hours ago

काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

आयोगले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सोमबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो।

आयोग परिसरमा स्थापना गरिएको कार्यालय कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गरे।

आयोगका सचिव महादेव पन्थ निर्वाचन अधिकृत र सहसचिव यज्ञप्रसाद भट्टराई तोकिएका छन्। कार्यालयमा ४१ कर्मचारीले काम गर्नेछन्।

The post समानुपातिक निर्वाचन प्रणालीतर्फ आयोगमा निर्वाचन अधिकृतको कार्यालय स्थापना appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category