RONB post
लघुवित्तबाट १५ लाखसम्म ऋण लिन पाइने, व्यक्तिगत ओभरड्राफ्ट १ करोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जाको सीमा वृद्धि गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत लघुवित्तबाट प्रवाह हुने कर्जाको सीमा बढाएको हो ।
राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट बढाएर १५ लाख रुपैयाँ पुर्याएको हो ।
‘लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा रु.७ लाखबाट वृद्धि गरी रु.१५ लाख कायम गरिनेछ’, मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।
१५ लाखसम्मको सुविधा प्राप्त गर्नका लागि ऋणीले धितो भने अनिवार्य राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यता व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) कर्जाको सीमा पनि बढाइएको छ । ५० लाख रुपैयाँसम्म रहेको व्यक्तिगत ओभरड्राफ्टको सीमालाई बढाएर १ करोड रुपैयाँ बनाइएको हो ।
The post लघुवित्तबाट १५ लाखसम्म ऋण लिन पाइने, व्यक्तिगत ओभरड्राफ्ट १ करोड appeared first on RONB post.