npl.977 Nepal News Stream

Taksar News logo Taksar News

लोकतन्त्रमा व्यक्तिको कुरा चल्दैन, संस्थाले जे भन्यो त्यही आधिकारिक हुन्छः शेखर कोईराला

टक्सार न्युज 11 hours ago

काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गगन थापाको नेतृत्वमा जानेहरु पार्टीबाट चोइटिएर  मात्रै गएको टिप्पणी गरेका छन् ।

निर्वाचन आयोगमा आधिकारिता दाबीका लागि पुगेका काेइरालाले बहुमत केन्द्रिय सदस्यहरु अहिले पनि आफूहरुसँग रहेको भन्दै उनले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरुले बाध्य बनाएको बताए ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकताको कुरा लोकतान्त्रिक पद्धतिअनुसार गर्ने बताए । उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन बोलाउने अधिकार रहेको भएपनि विशेष महाधिवेशनको कार्यसूचि, कार्यतालिका, कार्यविधिहरु केन्द्रिय समितिले नै बनाउनुपर्ने स्पष्ट व्यवस्था रहेको जिकिर गरे ।

कुनै पदाधिकारीले विशेष अधिवेशन बोलाउने अधिकार नरहेको भन्दै व्यक्ति नभइ संस्थाले गरेको निर्णय नै आधिकारिक हुने दाबी गरे ।

उनले महाधिवेशनमा गएका ८८५ जना महाधिवेशन प्रतिनिधिहरुले उक्त महाधिवेशनबाट आफूहरु फर्किएको भन्दै हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको जानकारी दिए । आयोगलाई उक्त हस्ताक्षरसहितको प्रमाण पनि पार्टीले पेश गरेको छ । 

Read more news from Taksar News

Explore by Source or Category