देशभर चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव, वर्षाको सम्भावना न्यून
Ramesh Dawadi
|
7 hours ago
काठमाडौँ- नेपालमा हाल दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव पर्ने मौसमविद्हरूले बताएका छन्।
चक्रवातको प्रभाव रहे पनि वर्षाको सम्भावना भने न्यून रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् विनोद पोखरेलले जानकारी दिए।
उनका अनुसार दित्वाले पश्चिमी वायुलाई नेपाल प्रवेश गर्न रोकिरहेको कारण आगामी केही दिन वर्षा हुने सम्भावना निकै कम छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ।
आज राति पनि कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने र अन्य प्रदेशमा मौसम सफा रहने महाशाखाले जनाएको छ।