npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

हायात होटल तोडफोड र चोरी गर्ने दुई जना पक्राउ

Sudarshan Shrestha 5 hours ago

काठमाडौँ । हायात होटलको क्यासिनो तोडफोड र चोरी गर्ने दुई जना पक्राउ परेका छन् । भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा होटलको क्यासिनो तोडफोड र चोरी गरेको आरोपमा दई जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा सेठ्ठी भनिने दावा शेर्पा र रन्जीत खड्गी रहेका छन् । 

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि चोरी, डाँका सम्बन्धी कसुर र आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थप गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category