एन्फा कार्यसमितिको आपतकालीन बैठक भोलि बस्ने
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आपतकालीन बैठक सोमवार बस्ने भएको छ।
एन्फा महासचिव किरण राईले एन्फा उपाध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यलाई शुक्रवार पत्र काट्दै
आपतकालिन बैठकवसी छलफल गरी निर्णय गर्नु पर्ने भएको भन्दै सोमवार बिहान १०:०० बजेका लागि बैठक बोलाएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने बैठकमा भौतिक रुपमा उपस्थिति हुन नसक्नेका लागि जुम लिङ्क पठाइने पनि पत्रमा उल्लेख गरिएको छ।
आपतकालीन बैठकको एजेण्डा भने पत्रमा उल्लेख गरिएको छैन।
ए डिभिजन लिगका विषयमा आपतकालीन बैठकमा छलफल हुने अनुमान गरिएको छ।
तीन पक्षीयबीच बनेको समझदारी अनुसार एन्फा कार्यसमितिको अब बस्ने बैठकबाट सहिद स्मारक ए डिभिजन लिगको मिति औपचारिक घोषणा हुने नेपाल फुटबल खेलाडी संघले विश्वाससहितको प्रेस विज्ञप्ति आज जारी गरेको थियो।
एन्फा, ए डिभिजन क्लब र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिगका विषयमा पटक पटक छलफलपछि एन्फा कार्यसमितिबाटै लिगको बारेमा अन्तिम निर्णय लिने सहमति भएको बताइएको छ।
एन्फालाई समझादारी अनुसार प्रक्रिया अघि बढाउन आग्रह गर्दै खेलाडी संघले आइतवार प्रेस विज्ञप्तिमार्फत भनेको छ,’ हाम्रो माग पूरा नभएसम्म आन्दोलन कायमै रहनेछ।’
The post एन्फा कार्यसमितिको आपतकालीन बैठक भोलि बस्ने first appeared on हाम्रो खेलकुद.