npl.977 Nepal News Stream

Taksar News logo Taksar News

लगानीमैत्री नीतिको अभावले रोजगारी र आर्थिक समृद्धि रोकियो: अध्यक्ष अग्रवाल

टक्सार न्युज 2 hours ago

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मुलुकमा लगानीमैत्री नीतिको अभावका कारण आर्थिक समृद्धि हासिल गर्न समस्या भएको बताएका छन्।

सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिक साधारण सभामा अध्यक्ष अग्रवालले सरकारले देशभित्रै रोजगारी सिर्जना गर्न ध्यान दिनुपर्ने बताएका हुन् ।

उनका अनुसार आर्थिक नीतिहरू लगानीमैत्री नहुँदा रोजगारीका अवसरहरू सृजना गर्न अप्ठ्यारो भइरहेको छ।

“हाम्रो देश अपार प्राकृतिक स्रोतले भरिपूर्ण भए पनि लगानीमैत्री नीतिको अभावले आर्थिक समृद्धि त परै, आफ्ना युवाका लागि रोजगारी समेत सिर्जना गर्न सकेको छैन,” उनले भने। उनले प्रतिदिन करिब २५ सय युवा रोजगारीको खोजीमा विदेशिनु परेको उल्लेख गर्दै, यही कारण युवामा असन्तुष्टि बढेको टिप्पणी गरे ।

अग्रवालले सुशासन, भ्रष्टाचार निवारण र रोजगारी सिर्जना गर्ने जस्ता मागहरू आर्थिक समृद्धितर्फको पहिलो कदम भएको बताए। उहाँले लगानीमैत्री वातावरण निर्माणका लागि सुरक्षा सुनिश्चित गर्नु पहिलो आवश्यकता भएको बताए। “लगानीकर्ताको मनोबल बढाउन सरकारले लगानी सुरक्षा सम्बन्धी नीति ल्याउन आवश्यक छ,” उनले भने ।

Read more news from Taksar News

Explore by Source or Category