npl.977 Nepal News Stream

Sutra News logo Sutra News

यस्तो छ साइमन वादी फिचर्ड ‘हर्ष’को नयाँ गीत ‘पाहुना’ (भिडिओ)

सुत्र न्युज 3 hours ago

 

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’को नयाँ गीत ‘पाहुना’ सार्वजनिक भएको छ । स्वर्गिय निर्देशक शिव रेग्मीको शब्द रचना र समीर/हिमालको कम्पोज तथा बसन्त सापकोटाले पुनः प्रतिवाद गरेको गीतमा गरिमा अधिकारीको स्वर छ ।

सिनेमाका मुख्य कलाकार साइमन वादीलाई फिचर्ड गरिएको गीतको भिडियोमा खगेन्द्र लामिछाने र वर्षा राउत लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

यो सिनेमा रिलिज भएसँगै बाल कलाकार साइमनको चर्चा सिनेमावृत्तमा निकै भैरहेको छ । उनी विभिन्न हलमा पुगर दर्शकसँग साक्षात्कार समेत गरिरहेको छन् । साइमनसँगै अभिनेत्री वर्षा राउत पनि विभिन्न हलमा पुगेर प्रतिक्रिया लिइरहेकी छन् ।

विभिन्न हलमा पुग्दा दर्शकले दिने उत्कृष्ट प्रतिक्रियाले आफुलाई हर्षित बनाएको अभिनेत्री राउत बताउँछिन् । यसैबीच गत शनिबार यो सिनेमालाई पोखरा एभेन्जर्सको टिमले समेत हेरेको थियो । उनीहरुले गेमको प्रेसरका बीच पनि यस्तो राम्रो सिनेमा हेर्न पाउँदा रिफ्रेसमेन्ट मिलेको प्रतिक्रिया दिएका थिए ।

यो सिनेमालाई एकता पौडेलले निर्देशन गरेकी हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् ।

न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।

सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।

Read more news from Sutra News

Explore by Source or Category