npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

कांग्रेस कसैको निजी कम्पनी होइन, अब कांग्रेसले नयाँ सभापति चयन हुन्छ : गगन थापा

Sahayog Ranjit 20 hours ago

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताएका छन्। संस्थापन पक्षले थापा र अर्का विश्वप्रकाशलाई निष्कासन गरेपछि उनले त्यसको औचित्य नभएको बताएका हुन्।

विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गरिसकेको भन्दै उनले कांग्रेस कसैको निजी कम्पनी नभएको बताए।

‘अब हलले नयाँ नेतृत्व चयन गर्छ। आज महाधिवेशनको हलले जे निर्णय गर्छ त्यो हामी मान्छौं। कांग्रेस फुटेको छैन, कांग्रेस यहीँ छ,’ उनले भने।

भाद्रको जेनजी प्रदर्शनपछि आफूहरुले पार्टीमा नयाँ पन दिन खोजेको र पार्टी सभापति शेरबहादुर देउवाले त्यसलाई मान्न अस्विकार गरेको बताए।

भाद्रको जेनजी प्रदर्शनपछि आफूहरुले पार्टीमा नयाँ पन दिन खोजेको र पार्टी सभापति शेरबहादुर देउवाले त्यसलाई मान्न अस्विकार गरेको बताए।

आज संस्थापन पक्षले थापा र अर्को महामन्त्री विश्वप्रकाश शर्मालाई साधारणसदस्य समेत नरहेन गरि निष्कासन गरेपछि उनले भृकुटीमण्डपस्थित विशेष महाधिवेशन भइरहेको स्थानबाट उनले देउवाको विकल्प मात्र खोजेको बताए।

‘नेपाली कांग्रेस बढ्लिएर आयो भन्ने हाम्रो सोच थियो। भाद्र २३ र २४ पछिको घटनापछि के बढ्लियो ? देशलाई मलाई फेरि शेरबहादुर देउवा चाहियो भनेर मागेको थियो ? हाम्रो जिम्मेवारी छ। त्यसैले दाई तपाईंले हामीलाई गलत बुझ्दै हुनुहुन्छ भनेर मैले सभापतिलाई भने,’ उभने भने।

विशेष महाधिवेशनको हलबाट कसलाई अन्तिरिम सभापति बनाउने हो छानौं भन्दा देउवा नमानेको थापाले बताए।

‘पूर्ण बहादुर , शेखर कोइराला कसलाई बनाउने हो बनाउँ। मैले यति भनेको हुँ। कांग्रेसलाई शिर उच्च बनाएर चिनाउन पाए हुन्छ,’ गगनले भने।

थापाले सिंगो पार्टीलाई एक ठाउँमा पुगाउन सकिन्छ कि भन्ने आफ्नो प्रयास रहेको भन्दै सिंगो नेपाली कांग्रेस भृकुटीमण्डपमा रहेको बताए।

‘नेतृत्वले हाम्रो कुरा गम्भीर रूपमा लिएन। प्रधानमन्त्रीको उम्मेदवार गगन भनेर भनेको वाहियात हल्ला फैलाइयो थियो। हामीले हाम्रो प्रधानमन्त्रीको उम्मेवार श्री शेरबहादुर देउवा होइन भनेर जाउँ भनेको मात्र हौं,’ थापाले भने।

पार्टीले कारबाही गरेको बारे उनले आफू ९ कक्षाको हुँदा कांग्रेसको झण्डा बोकेर हिँडिरहेको भन्दै उनले देउवालाई चुनौती दिए।

‘विशेष महाधिवेशन प्रारम्भ भएर निर्वाचन आयोगलाई समयमै जानकारी गराएको छ। शेरबहादुर देउवा नेतृत्वको केन्द्रिय समिति भंग भइसकेको छ।’

उनले विशेष महाधिवेशनको कार्यक्रम अघि बढ्ने भन्दै अब निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित हुने बताए।

The post कांग्रेस कसैको निजी कम्पनी होइन, अब कांग्रेसले नयाँ सभापति चयन हुन्छ : गगन थापा appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category