npl.977 Nepal News Stream

RONB post logo RONB post

फागुन २१ को चुनावका लागि १ सय २० दलको निवेदन

RONB Post 4 hours ago

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन प्रायोजनका लागि १२० दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन ती दलहरूले दल दर्ता गराएका हुन्।

आयोगका अनुसार दल दर्ताका लागि तोकिएको मंसिर १ गतेदेखि १४ गतेसम्मको अवधिमा दर्ता तथा एकल चुनाव चिन्ह प्रयोगका लागि एक सय २० वटा निवेदन प्राप्त भएको हो ।

आयोगले तोकेको कार्यतालिकाअनुसार दर्ता निवेदनहरूको आवश्यक जाँचबुझ, छानबिन र कानुनी योग्यता परीक्षण पूरा गरिने छ ।

योग्यता पुगेका राजनीतिक दललाई मंसिर २० गतेभित्र दर्ता स्वीकृति प्रदान गरिने आयोगले जनाएको छ ।

The post फागुन २१ को चुनावका लागि १ सय २० दलको निवेदन appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category