एसीसी प्रिमियर कपको फाइनलमा नेपाल यूएईसँग पराजित, यू-१९ एसिया कपमा भने छनोट
काठमाडौं। नेपाली यू-१९ क्रिकेट टोली एसीसी पुरुष यू-१९ प्रिमियर कपको फाइनलमा पराजित भएको छ। यूएईको अजमानस्थित करवान मैदानमा आज सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग २७ रनले पराजित भएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको यूएई ४५.५ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो। यूएईका लागि अहमेद खुदादले सर्वाधिक ७१ रन बनाउँदा नुरुल्ला ऐय्यबीले २६ तथा आयन मिसबाले ११ रन बनाए।
बलिङथर्फ नेपालका दयानन्द मण्डलले ६ विकेट लिँदा अपराजित पौडेलले २ तथा नितेश कुमार पटेलले र अशोक धामीले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपाल ३३.२ ओभरमा १२० रनमा समेटियो। नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाउँदा आशिष लुहार र रोहन विश्वकर्माले समान २५ रन बनाए।
बलिङतर्फ यूएईका युगराज शर्मा र अली अस्गरले समान ३ विकेट लिँदा युद्दिस सुरी र नुरुल्ला ऐय्युबीले समान २ विकेट लिए। यो प्रतियोगिताका शीर्ष तीन टोली एसिया कप पुगेका छन्। च्याम्पियन यूएई र नेपालसँगै मलेसियाले पनि एसिया कपमा स्थान बनाएको छ।
The post एसीसी प्रिमियर कपको फाइनलमा नेपाल यूएईसँग पराजित, यू-१९ एसिया कपमा भने छनोट appeared first on BIZMANDU.