गगन नेतृत्वको कांग्रेसलाई मान्यता नदिन देउवा कांग्रेसको दबाब, आन्दोलनमा उत्रिने धम्की
काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिए देशव्यापीरुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन नेतृत्वको कांग्रेसले नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको भोलिपल्ट देउवा नेतृत्वको कांग्रेसले पत्रकार सम्मेलन गरी आन्दोलनमा उत्रिने धम्की दिएको हो।

कार्यबाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार पत्रकार सम्मेलन गरेर विधानविपरीत डाकिएको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आयोगले मान्यता दिए देशकै लागि दुर्भाग्य हुने बताए। उनले आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए।

‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन। तर, आशंकाहरू छन्,’ खड्काले भने, ‘आयोगले हामीले नेतृत्व गरिरहेको कांग्रेसलाई मान्यता दिएन हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौं।’
The post गगन नेतृत्वको कांग्रेसलाई मान्यता नदिन देउवा कांग्रेसको दबाब, आन्दोलनमा उत्रिने धम्की appeared first on BIZMANDU.