npl.977 Nepal News Stream

NepalWatch logo NepalWatch

फागुन २१ को निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

Nepal Watch 8 hours ago

काठमाडौं -फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ।

आयोगका अनुसार आजदेखि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउने बताएको छ। निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोगले प्रत्येक निर्वाचन क्षेत्रका लागि आवश्यक जनशक्ति समेत तोकेको छ।

निर्वाचन आयोगले ७७ वटा जिल्लामा ७७ जना मुख्य निर्वाचन अधिकृतसहित ८८ जना निर्वाचन अधिकृत गरी १६५ जनालाई जिम्मेवारी दिने बताएको छ।

जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको रूपमा तोकिएको छ भने न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ। न्याय परिषद्सँगको परामर्शमा आयोगले मुख्य तथा अन्य निर्वाचन अधिकृतहरूको नाम तोकेको जनाएको छ।

निर्वाचन आयोगले निर्वाचन प्रक्रिया निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउनका लागि आवश्यक पर्ने सबै तयारी भइरहेको बताएको छ।

Read more news from NepalWatch

Explore by Source or Category