एनपीएल खेल्न दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिस नेपाल आइपुगे [फोटो फिचर]
नेपालन्युज
|
3 hours ago
काठमाडौं। दक्षिण अफ्रिकी स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आज (सोमबार) नेपाल आइपुगेका छन्।
उनलाई एनपीएलको दोस्रो संस्करणमा विराटनगर किङ्ग्सले अनुबन्ध गरेको छ। आबुधाबी टी-१० लिग खेलिरहेको कारण उनी ढिला गरी काठमाडौं आएका हुन्।
उनले आबुधावी टी-१० लिगमा उनले भिस्टा राइडर्सको कप्तानी गरेका थिए। तर सात खेल खेल्दै भिस्टा तीन जितसहित ६ अंक बटुल्दै सातौं स्थानमा रहेर लिगबाट बाहिरिएको थियो।
लिगमा उनले एक अर्धशतकसहित १३१ रन बनाए। एनपीएलमा विराटनगर प्लेअफनजिक छ। पाँच खेल खेलेको विराटनगरले चार जित निकाल्दै तेस्रो स्थान ओगटेको छ।
हेर्नुहोस् थप तस्बिर :
