npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

कोहलीको शानदार शतकमा भारतले दक्षिण अफ्रिकालाई हरायो

इन्द्र कमल रोक्का 6 hours ago

काठमाडाैं । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो रोमाञ्चक खेलमा भारतले दक्षिण अफ्रिकालाई १७ रनले पराजित गरेको छ। यो जितसँगै भारतले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ।

विराट कोहलीको सानदार शतकको मद्दतले भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४९ रनको विशाल योगफल तयार पारेको थियो। कोहलीले १२० बलमा १३५ रन प्रहार गरेका थिए ।

कोहलीलाई कप्तान केएल राहुलले ५६ बलमा ६० रन र रोहित शर्माले ५१ बलमा ५७ रनले अर्धशतकीय इनिङ्स खेल्दै बलियो साथ दिएका थिए।

दक्षिण अफ्रिकाका लागि ओटनियल बार्टम्यान, नान्ड्रे बर्गर र कर्बिन बोशले २-२ विकेट लिए।

जवाफी ब्याटिङमा, दक्षिण अफ्रिकाले कडा टक्कर दिए पनि ४९.२ ओभरमा सबै विकेट गुमाउँदै ३३२ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि म्याथ्यू ब्रेट्ज्के ले सर्वाधिक ७२ रन बनाए भने मार्को ज्यान्सेनले ३९ बलमा आक्रामक ७० रन र कर्बिन बोशले ६७ रनको योगदान दिए।

भारतको जितमा बलरहरूले महत्वपूर्ण भूमिका खेले। स्पिनर कुलदीप यादवले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ६८ रन खर्चेर ४ विकेट लिए। यस्तै, हर्षित राणाले ३ र अर्शदीप सिंह ले २ विकेट लिए।

Read more news from Kendrabindu

Explore by Source or Category