npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

घाँसेमैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो

इन्द्र कमल रोक्का 3 hours ago

चितवन। चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु गरिएको छ । वर्षायाममा घाँसे मैदानमा बढेका ढड्डी घाँस, अतिक्रमित झार फैलिन नदिई नियन्त्रित डढेलो लगाउन सुरु गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जका घाँसे मैदानमा प्रत्येक वर्ष नियन्त्रित डढेलो लगाउने गरिन्छ । हाल भिम्ले, सुखिभार र कसरा क्षेत्रमा नियन्त्रित डढेलो लगाउन सुरु गरिएको उनले जानकारी दिए। क्रमशः अन्य क्षेत्रहरुमा नियन्तित्र डढेलो लगाइनेछ ।

उक्त कार्यका लागि निकुञ्जका ३० जना कर्मचारी खटिएका छन् । सूचना अधिारी मगरले भने, “नियन्त्रित डढेलो लगाएपछि ठूलो डढेलोको सम्भावना टर्छ ।” यसले वन र वन्यजन्तुमा ठूलो असर नपर्ने र घाँसे मैदान व्यवस्थापनमा सहयोग पुग्ने उनले बताए। नियन्त्रित डढेलो लगाउन निकुञ्जका घाँसे मैदानमा एक महिना लाग्ने उनले जानकारी दिए। घाँसे मैदानलाई खण्ड खण्ड बनाएर डढेलो लगाइन्छ ।

Read more news from Kendrabindu

Explore by Source or Category