कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा गगन थापा समुहको पहिलो केन्द्रिय बैठक शुरु
इन्द्र कमल रोक्का
|
4 hours ago
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा सुरू भएको छ । बैठकले आगामी रणनीति तय गर्नेछ ।
संस्थापन पक्षले हिजो गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । महाधिवेशन बाट निर्वाचित थापा समुहले आँफूहरु आधिकारीक भएको दावी सहित निर्वाचन आयोग जाने तयारी गरिरहेका छन् ।