npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

पेट्रोलको मूल्य ३ र डिजेलको मूल्य १ रुपैयाँले घट्यो

Sudarshan Shrestha 6 hours ago

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले बिहीबार राती १२ः०० बजेदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । 

निगमले सार्वजनिक गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । त्

यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५६ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category