रोनाल्डोको गोलका बाबजुद अल-नासर पराजित
एजेन्सी – साउदी प्रो लिगमा अल–हिलालले अल–नासरलाई ३-१ ले पराजित भएको छ। यो हारले उपाधि दौडमा नासरलाई झट्का लागेको छ।
क्रिस्टियानो रोनाल्डोले ४२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नासरलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा हिलालले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो।
दोस्रो हाफको सुरुवातमै नासरका मोहम्मद सिमाकानले माल्कममाथि फाउल गरेपछि हिलालले पेनाल्टी पायो। ५७ औं मिनेटमा सालेम अल–दावसारीले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।
गोलपछि नासरका गोलरक्षक नवाफ अल अकिदी र रुबेन नेभेसबीच विवाद भयो। भिएआर समीक्षापछि अल अकिदीलाई रातो कार्ड देखाइयो र नासर १० खेलाडीमा सीमित भयो।
संख्यात्मक लाभ उठाउँदै हिलालले ८१औँ मिनेटमा मोहम्मद कान्नोमार्फत अग्रता लियो। इन्जुरी समयमा रुबेन नेभेसले अर्को पेनाल्टी गोल गर्दै हिलालको जित पक्का गरे।
यो जितसँगै हिलाल लिग तालिकाको शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ।



The post रोनाल्डोको गोलका बाबजुद अल-नासर पराजित first appeared on हाम्रो खेलकुद.