npl.977 Nepal News Stream

Sutra News logo Sutra News

काठमाडौंमा पुस २६ देखि सुरू हुनेछ कांग्रेसको १५औं महाधिवेशन

सुत्र न्युज 1 hour ago

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी पुस २६ गतेबाट राजधानी काठमाडौंमा सुरू गर्ने निर्णय गरेको छ। महाधिवेशन पुस २६ देखि २८ गतेसम्म चल्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

महतका अनुसार, अब पार्टीलाई विशेष महाधिवेशन बोलाउने आवश्यकता नरहेको निष्कर्ष कांग्रेसले निकालेको छ।

उनले भने, ‘१५औँ महाधिवेशन तोकिएको समयमा हुँदैछ। त्यसैले अब विशेष महाधिवेशन आवश्यक छैन। प्रमुख कुरा अधिवेशनलाई समयमै सम्पन्न गर्नु हो।’

त्यसअघि आइतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सहभागी छलफलमा महाधिवेशन पुस २७–२९ मा गर्ने खाका मिलाइएको हो।

एक नेताका अनुसार, पुस २७ गतेदेखि महाधिवेशन सुरु गर्नेगरी कार्यतालिका बनाउने छलफल भएको हो। अब कार्यबाहक सभापतिले यो प्रस्ताव केन्द्रीय समितिमा लैजाने छन्।

Read more news from Sutra News

Explore by Source or Category