npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

देउवालाई योगेश भट्टराईले सम्झाए २०७८ को त्यो एमाले विभाजन !

इन्द्र कमल रोक्का 5 hours ago

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले मुलुकको पुरानो राजनीतिक दल नेपाली कांग्रेसमा आएको विभाजनप्रति दुःख व्यक्त गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत उपमहासचिव भट्टराईले लोकतान्त्रिक आन्दोलनको अगुवाई गरेको पार्टी फुट्नु राजनीतिक रूपमा सुखद् नभएको बताएका हुन् ।

उनले कांग्रेसको यो संकटलाई विधान, संविधान र राजनीतिक दल सम्बन्धी ऐनका आधारमा कानुनी किनारा लाग्ने विश्वास व्यक्त गरे । “राजनीतिक वैधता र जनचाहना नै निर्णयको सर्वोपरी सवाल हो,” उनले भने, “यो नेपाली कांग्रेसको आन्तरिक मामला भए पनि कुनै उपायले कांग्रेस पुनः एक हुने अवस्था बनोस् भन्ने मेरो शुभकामना छ।”

भट्टराईले आफ्नो सन्देशमा विगतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाप्रति कटाक्ष समेत गरेका छन् । २०७८ असारमा देउवा प्रधानमन्त्री हुँदा संविधान विपरीत दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गराउन भूमिका खेलेको उनले स्मरण गराए ।

“संसदमा हामीले एक महिना नारा लगाएको मलाई अझै सम्झना छ, तर तत्कालीन सभामुखले हाम्रो कुरा सुन्नुभएन,” भट्टराईले लेखेका छन्, “त्यतिबेला हामीले भनेका थियौँ— प्रधानमन्त्रीज्यू, कुनै बेला तपाईंलाई पनि यस्तै दिन आइपर्ला है ?”

उनले २०५४ सालमा एमाले विभाजन हुँदाको बखत सभामुखको भूमिका कस्तो थियो भन्दै प्रश्न समेत उठाएका छन् ।

Read more news from Kendrabindu

Explore by Source or Category