npl.977 Nepal News Stream

Himal Press logo Himal Press

लुम्बिनीमा ओलीविरुद्ध ‘मौन’ प्रचार, विष्णु र शंकरबीच प्रतिस्पर्धा

Madhav P. Nepal 5 hours ago

बुटवल– नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटमा ‘साइलेन्ट’ रूपमा नेतृत्व परिवर्तनको संकेत देखा परेको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा नेतृत्वका लागि दाबी गरेकाले यहाँ ‘साइलेन्ट’ रूपमा उनी पक्षमा लबिङ भएको थियो। यद्यपि पोखरेलका पक्षमा खुलेर प्रतिनिधि निर्वाचनमा होमिएनन्।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये केहीमा सर्वसम्मत र बाँकीमा चुनावी प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट भएको नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए। पूर्वी रुकुम, प्युठान, बर्दिया, कपिलवस्तु र गुल्मीमा निर्विरोध प्रतिनिधि चयन भए भने रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तु, पाल्पा जिल्लामा निर्वाचनबाट प्रतिनिधि छनोट भए।

निर्विरोध निर्वाचन भएको भनिएको दाङ र बाँकेमा विवाद कायमै छ। ‘केही प्रक्रियागत त्रुटि देखिएको छ, कतै विचारका हिसाबले गुट पनि भयो होला’, अध्यक्ष कँडेलले भने, ‘समग्रमा लुम्बिनीमा प्रतिनिधि चयन सफल रूपमा सकिएको छ।’ उनका अनुसार लुम्बिनीबाट केन्द्रीय आयोजक समितिमा रहेकाबाहेक १ सय ९० जना प्रतिनिधि चयन भएका छन्।

लुम्बिनीबाट खुलातर्फ ८० जना, महिलातर्फ ५३, युवातर्फ २६, दलिततर्फ १९, मजदुरतर्फ ७ र प्रदेश कमिटीतर्फ पाँचजना गरी १ सय ९० जना प्रतिनिधि चयन भएका हुन्। जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारे बहस भएकाले एमालेभित्र वरिष्ठ उपाध्यक्ष पोखरेलले उम्मेदवारी घोषणा गरेर ओलीको विकल्प खोज्नुपर्ने बताइरहेका छन्।

लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका बिचमा कित्ताकाट भएर निर्वाचन भएको हो। यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षबाट अर्थमन्त्री बनेका एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि ओली पक्षमै रहेको सन्देश गएपछि यहाँ महासचिव शंकर पोखरेल पक्षसँग प्रतिस्पर्धा भएको देखिएको हो।

एमालेका एक नेताका अनुसार लुम्बिनी प्रदेशमा विष्णु र शंकर पक्षका करिब आधाआधा प्रतिनिधि छनोट भएका छन्। लुम्बिनीका नवलपरासी पश्चिम, अर्घाखाँची र कपिलवस्तु पोखरेल पक्ष बलियो रहेको छ भने रुपन्देही, पाल्पा र गुल्मीमा पौडेल पक्ष बलियो रहेको ती नेताले बताए।

दाङ, बाँके बर्दिया, रुकुम, राल्पा, प्युठानमा दुवै पक्ष बराबर देखिन्छन्। उपाध्यक्ष पौडेल अन्तिममा वरिष्ठ उपाध्यक्ष पोखरेलका पक्षमा खुलेमा लुम्बिनीको मतले नेतृत्व परिवर्तनमा ठूलो धक्का लाग्न सक्नेछ।
एमाले उपाध्यक्ष विष्णु पौडेल र सचिव छविलाल विश्वकर्माको गृहजिल्ला रहेको रुपन्देहीमा अधिकांश विष्णु पौडेल पक्षका प्रतिनिधि छनोट भएका छन्। रुपन्देहीका ५ क्षेत्रमध्ये १, २ र ४ निर्वाचन क्षेत्रमा निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको छ।

रुपन्देही-३ र ५ मा निर्विरोध भएको हो। उपाध्यक्ष पौडेलको निर्वाचन क्षेत्र रहेको रुपन्देही-२ बाट खुलातर्फ बासुदेव घिमिरे, गोपाल राना, राजु गुरुङ, तेजेन्द्र केसी, बाबुराम भट्टराई र कुमार थापा, महिलातर्फ ज्ञानु केसी, कल्पना थापा, विमला श्रेष्ठ र युवातर्फ बालकृष्ण पाण्डे निर्वाचित भएका छन्। निर्वाचित भएकामध्ये केसी, भट्टराई र गुरुङ शंकर पोखरेल निकट मानिन्छन्।

रुपन्देही-१ बाट खुलातर्फ ध्रुवप्रसाद खरेल, यज्ञ गैरे र हिमाल पाण्डे, महिला तर्फ जगेश्वरी चौधरी र राधा शाही, युवातर्फ कृष्ण पौडेल चयन भएका छन्। यस्तै यो क्षेत्रबाट पूर्वराष्ट्रपति विद्या भण्डारीका पक्षमा खुलेका युवा नेता सुमन पुरी पराजित भएका छन्। संस्थापन पक्षका मदन भण्डारी स्पोर्टस् एकेडेमीका ध्रुव आचार्य पनि पराजित भएका छन्।

रुपन्देही-३ बाट राजेन्द्र पन्थी, अयोध्या थारू, नरबहादुर घर्ती, पम्फावती खनाल, ममता पौडेल, चक्रबहादुर थापा निर्विरोध भएका छन्। रुपन्देही-४, बाट कृष्ण भुसाल, मुस्लिम खान, सुनिता ठठेर र भगवानदास कुर्मी निर्वाचित भएका छन्। रुपन्देही-५, बाट खुलातर्फ कृष्ण घिमिरे, चेतनारायण न्यौपाने, अब्दुल रहमान, बिन्दु श्रीस र लेखनाथ खनाल निर्वाचित भएका छन्।

जिफन्ट लुम्बिनी प्रदेशबाट खुलातर्फ हरिबहादुर कार्की, हुमाकान्त काफ्ले, सन्तोष केसी, हुमबहादुर क्षेत्री र महिलातर्फ रञ्जु भट्टराई, सरस्वती सुवेदी र मंगला जैसी निर्वाचित भएका छन्।

यस्तै महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङबाट २३ जना प्रतिनिधि चयन भएका छन्। जिल्ला सचिव सूर्यबहादुर डाँगीका अनुसार खुलातर्फ १३, महिलातर्फ ७ र दलिततर्फ ३ जना गरी २३ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन्। यद्यपि यहाँ विवाद छ।

खुलातर्फ शिवकुमार आचार्य, सुदन केसी, देवबहादुर बस्नेत, भुवन चौधरी, भानसिं बुढा, हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी, मनोहर बुढाथोकी, आशिष योगी, राममणि पाण्डे, कुलबहादुर केसी र घनश्याम चौधरी छनोट भएका छन्।

महिलातर्फ भने सीता चौधरी, लक्ष्मी शर्मा, पुष्पा लामिछाने भट्टराई र सीता चौधरी तथा रत्न तिवारी श्रेष्ठ, तुलसी डाँगी पोखरेल र रेखा केसी देवकोटा चयन भएकी छन्। दलिततर्फ भने मानबहादुर विक, निर्मला विक र टंक बहादर विक रहेका छन्।

यसैगरी नवलपरासी-१ बाट दीपेन्द्रकुमार अधिकारी, हरदेव पाण्डे, इन्द्रकुमारी थरुनी, राधा ढकाल र सुधा ज्ञवाली (युवा) निर्वाचित भएका छन्। नवलपरासी-२,बाट डोलराज भण्डारी, थानप्रसाद गैरे, लक्ष्मी क्षेत्री, शान्ता भण्डारी, विनोद पुन (युवा) र तुल्सीप्रसाद पासी (उत्पीडित क्षेत्र) निर्वाचित भएका छन्।

यता पाल्पा-१ बाट खेमबहादुर सारु, नारायण आचार्य, दमनसिंह पाटा मगर, बिष्णु आचार्य, दुर्गादेवी राना, तिरणकुमारी श्रेष्ठ र सन्देश ढकाल (युवा) निर्वाचित भएका छन्।

पाल्पा-२ बाट रामजी पोखरेल, ओमबहादुर घर्ती, धनेन्द्रराज घिमिरे, विष्णुबहादुर कार्की, नारायण जीसी, लालबहादुर दर्लामी, तुलबहादुर अधिकारी, श्रीकृष्ण पाण्डे, चिरञ्जीवी पोखरेल, शोभाखर भट्टराई, दीपक विश्वकर्मा (युवा), रञ्जिव कुँवर र श्रीकृष्ण पोखरेल निर्वाचित भएका छन्।

कपिलवस्तु-१ बाट डम्मर शर्मा, विश्रामप्रसाद चौधरी, बजरंगी कुर्मी चौधरी, शान्ता पाण्डे, विमला चौधरी र टुकलाल गैरे (युवा), निर्वाचन क्षेत्र न. २ बाट बाबुराम खनाल, मैराज खाँ, शारदा शर्मा, सरिता आचार्य र देवीराम अर्याल (युवा) चयन भएका छन्।

त्यसैगरी कपिलवस्तु-३ बाट अर्जुनकुमार केसी, गोपालबहादुर थापामगर, गंगा घर्ती (महिला) र नारायण सापकोटा (युवा) निर्वाचित भएका छन्। दलितबाट सीबी गहतराज प्रतिनिधि निर्वाचित भएको प्रचार विभाग प्रमुख डीआर घिमिरेले बताए।

यसैगरी एमाले अर्घाखाँचीका अनुसार ३ हजार ६५० मतमध्ये खुलातर्फ पीताम्बर भुसाल ३ हजार १८७ मत सहित विजयी भएका छन्। भुसालले लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेलाई महाधिवेशन प्रतिनिधिमा पराजित गराएका हुन्। घिमिरेले १ हजार ९८० मत ल्याए।

यस्तै अर्घाखाँचीबाट वसन्तकुमार श्रेष्ठ, शम्भुप्रसाद पोख्रेल, तेजप्रसाद र कमलप्रसाद घिमिरे निर्वाचित भएका छन्। महिलातर्फ दीपा आचार्य, विष्णुमाया आचार्य, लक्ष्मी गौतम र सुष्मा श्रेष्ठ निर्वाचित भएका छन् युवातर्फ तेजबहादुर रायमाझी र दलिततर्फ लिलबहादुर विक र आशा परियार निर्विरोध चयन भएका छन्।

बाँके-१ बाट बलराम भट्टराई, कुस्माखर बस्याल, वसन्ती अधिकारी, खेमराज शर्मा र सुधा चौधरी निर्वाचित भएका छन्। क्षेत्र नम्बर-२ बाट निरक गुरुङ, हलिम शाह, मोहित शाह र हीरा खराल निर्वाचित भएका छन्।

बाँके-३ बाट रत्न खत्री, मानबहादुर रुचाल, एकमाया विक, भूमिसरा धिताल, बिमल मल्ल र दलबहादुर सुनार निर्वाचित भएका छन्। गुल्मी-१ बाट बालसिंह काउछा, फर्सुराम पाण्डे, फर्सुराम ज्ञवाली, पीताम्बर अर्याल, रामजी ढकाल, सुशीला पुन, राधिका अर्याल, अञ्जु कँडेल खत्री र अर्जुन कनौजे निर्वाचित भए।

गुल्मी-२ बाट हरिप्रसाद पोखरेल, प्रकाश काफ्ले, लिलबहादुर बिष्ट, रितबहादुर थापा, ललित गौतम, कमला शर्मा, सरिता खड्का, माधव विष्ट निर्वाचित भएका छन्। दलिततर्फ रिता रम्तेल, सूर्य सोनी र कृष्ण सुनार निर्वाचित भएका छन्।

त्यसैगरी रुकुम पूर्वबाट नन्दलाल शर्मा, बागलाल बुढामगर, भावना बुढाथोकी, ⁠गोपालप्रसाद सुनार र लीलामणि गौतम (युवा) प्रतिनिधि चयन भएका छन्। बर्दिया-१ बाट शालिकराम अधिकारी, लालबहादुर श्रेष्ठ, पदम ढकाल, अम्मरबहादुर खड्का, कृष्णा गुरुङ, नारायणी चौधरी, लक्ष्मी अधिकारी र रामकुमार चौधरी निर्वाचित भएका छन्।

बर्दिया-२ बाट घननारायण श्रेष्ठ, दुर्गा वली, संगीता चौधरी, मेनका पोख्रेल र भरत धामी निर्वाचित भएका छन्। दलिततर्फ भूपेन्द्र सरला र विमला विक निर्वाचित भएका छन्।
लुम्बिनी प्रदेशमा एमालेका ८२ हजार १३५ संगठित सदस्य छन्। मतदानमा ५० प्रतिशत मात्रै सहभागी भएका थिए।

Read more news from Himal Press

Explore by Source or Category