npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

बागमती करिडोरमा स्मार्ट बत्ती र सिसिटिभीद्वारा सुरक्षा मजबुत गरिँदै

पालिका ब्यूरो 5 days ago

काठमाडौँ – बागमती नदी करिडोरलाई उज्यालो र सुरक्षित बनाउन गोकर्णदेखि बल्खुसम्म आधुनिक स्मार्ट लाइटिङ र सिसिटिभी प्रणाली जडान गर्ने तयारी सुरु गरिएको छ । शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी किनारमा बढ्दै गएको फोहोर व्यवस्थापन चुनौती, अनाधिकृत गतिविधि र सुरक्षा समस्यालाई लक्षित गर्दै आधुनिक प्रविधि जडान प्रक्रिया अघि बढाएको हो ।

समितिले स्मार्ट बत्ती तथा सिसिटिभी जडानका लागि ठेकेदार छनोट गर्न टेण्डर आह्वान गरिसकेको छ । अब नदी किनारमा फोहोर फाल्ने, अनधिकृत गतिविधि गर्ने तथा सुरक्षालाई चुनौती पु¥याउने कार्यहरू सिसिटिभीमार्फत प्रत्यक्ष निगरानीमा रहनेछ ।

१२० अत्याधुनिक सिसिटिभी क्यामेरा

गोकर्ण–बल्खु करिडोर क्षेत्रमा १२० थान उच्च–गुणस्तरीय, धुलो÷पानी प्रतिरोधी तथा तापक्रम अनुकूल क्यामेरा जडान गरिनेछ। यी क्यामेराले दिन–रात दुबै समयमा स्पष्ट दृश्य उपलब्ध गराउनेछन् ।

सर्भर तथा नियन्त्रण कक्ष काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा रहनेछ, जसले निरन्तर निगरानी तथा आवश्यकताअनुसार तत्काल कार्यवाही गर्न सक्नेछ ।

५६७ स्मार्ट सडक बत्ती, फ्लड लाइट र हाइमास्ट करिडोरलाई उज्यालो, सुरक्षित र व्यावस्थित बनाउन ५६७ स्मार्ट सडक बत्ती, ४८ फ्लड लाइट, ६ हाइमास्ट फ्लड लाइट जडान गरिने योजना छ ।

अँध्यारा क्षेत्र उज्यालो भई रात्रीकालीन गतिविधि, आवत–जावत तथा सुरक्षा व्यवस्था सहज हुने समितिको भनाइ छ।

सरसफाइ अभियानलाई सहयोग

नदी किनारको निगरानी कडा भएपछि बागमती सरसफाइ महाअभियानमा समेत सहयोग पुग्ने समितिले जनाएको छ ।

सिसिटिभी तथा स्मार्ट बत्ती जडानपछि फोहोर फाल्ने, अनधिकृत जग्गा अतिक्रमण, अव्यवस्थित क्रियाकलाप तथा अपराधिक घटनाहरूमा कमी आउने अपेक्षा गरिएको छ।

समग्रमा, आधुनिक प्रविधिको प्रयोगले बागमती करिडोरलाई सुरक्षित, उज्यालो र व्यवस्थित बनाउने लक्ष्य लिइएको समितिले स्पष्ट पारेको छ।

Read more news from PalikaNews

Explore by Source or Category