npl.977 Nepal News Stream

Sutra News logo Sutra News

गगन-विश्वले चाहे भने कारबाही फुकुवाका लागि निवेदन दिनसक्छन्

सुत्र न्युज 18 hours ago

 

काठमाडौं । नेपाली कांग्रेसले बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठक मार्फत महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गरेपछि ‘अब के हुन्छ ?’ भन्ने चौतर्फी चर्चाको विषय बनेको छ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार, कारबाही पार्टी विधानको धारा १७ र ३४ अनुसार गरिएको हो। ‘विशेष महाधिवेशनको नाममा अनुचित कार्य गरेको ठहर गर्दै उक्त निर्णय गर्नुपरेको हो,’ उनले भने।

कारबाहीले तीनै नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ। विश्वकर्माका अनुसार, अन्य सदस्य र पदाधिकारीहरूलाई भने पार्टीमा फर्केर नियमित काममा लाग्न आह्वान गरिएको छ।

‘विधानको धारा ३४ अनुसार अकस्मात अनुशासनको कारबाही गर्नु परेकोले यो कदम चालिएको हो। यदि कारबाहीमा परेकाले फुकुवा माग्छन् भने केन्द्रीय कार्यसमितिले पुनर्विचार गर्न सक्छ,’ उनले भने।

Read more news from Sutra News

Explore by Source or Category