npl.977 Nepal News Stream

Taksar News logo Taksar News

जेनजी आन्दाेलनकाे क्रममा भएकाे आगजनीले पेटेन्ट र डिजाइन दर्ता प्रभावित, पुनः आवेदन दिन आह्वान

टक्सार न्युज 12 hours ago

काठमाडाैँ । उद्योग विभागले गत भदाै २४ गते जेनजी आन्दाेलनका क्रममा विभागको औद्योगिक सम्पत्ति शाखामा आगजनी र तोडफोडको घटनाका कारण भौतिक फाइलहरू जलेर नष्ट भएको जनाएको छ।

विभागले सूचना जारी गर्दै यस घटनाले पेटेन्ट तथा डिजाइन दर्ता र नवीकरण कार्यमा समस्या उत्पन्न भएको जनाएकाे हाे ।

विभागका अनुसार जेनजी आन्दाेलन अघि फाइलहरूमा दर्ता र नवीकरणको लागि निवेदन दिएका सबै दरखास्तवालाले आवश्यक कागजात संलग्न गरी प्रतिलिपि फाइल तयार गरी ९० दिनभित्र पुनः आवेदन पेश गर्नुपर्नेछ।

विभागले सम्बन्धित सबै व्यक्तिहरूलाई समयमै पुनः आवेदन पेश गर्न निर्देशन दिएको छ।

Read more news from Taksar News

Explore by Source or Category