RONB post
प्रकृतिक विपद्मा एसियाली राष्ट्र, एक सातामा ६ सय धेरैको मृत्यु
काठमाडौं । एसिया राष्टको विभिन्न देशमा प्रकृतिक विपद्का कारण ६ सय भन्दा धेरैको ज्यान गएको छ ।
एक सातामा इन्डोनेसिया, थाइल्याण्ड, हङकङ श्रीलंकामा विभिन्न घटनामा उनीहरुको ज्यान भएको हो । श्रीलंकामा ‘दित्वा’ आँधीपछिको विपद्मा २० हजारभन्दा बढी घर नष्ट भएको छ ।

एक लाखभन्दा बढी मानिसलाई सरकारी अस्थायी शिविरहरूमा राखिएको देशको विपद् व्यवस्थापन विभागले जनाएको छ । १५९ बढी मानिसको मृत्यु र २०० जनाभन्दा धेरै बेपत्ता भएका छन् ।
त्यस्तै हङकङको आवासीय भवनमा भएको आगलागीमा मृत्यु हुनेको संख्या १२८ पुगेको छ । मृत्यु हुनेमा एक जना अग्नि नियन्त्रक समेत छन् ।
मर्मतका लागि लगाइएको बाँसको स्काफफोल्डिङबाट आगो अन्य भवनमा समेत फैलिँदा ठूलो मानवीय क्षति भएको बीबीसीले जनाएको छ । थाइल्याण्डको दक्षिणी प्रान्तहरूमा बाढीको कारण १४५ जनाभन्दा धेरैको ज्यान गएको छ ।
पानीको सतह घट्दै जाँदा, यस क्षेत्रमा भत्किएका घर, पल्टिएका सवारी साधन र भग्नावशेषहरू छरप्रष्ट देखिन थालेका छन् । थाइल्याण्डको विपद् व्यवस्थापन विभागका अनुसार, १२ प्रान्तमा १२ लाख घर र ३६ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।

सोङखला प्रान्तमा सबैभन्दा बढी क्षति भएको छ । यस प्रान्तमा मात्रै ११० जनाको मृत्यु भएको छ ।
त्यस्तै इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तिमा २५० जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन्।
बाढीले सडकमा क्षति पुगेको उल्लेख गर्दै आवाश्क उपकरणको अभावका कारण उद्धारकर्मीहरूले कठिनाइको सामना गरिरहेको इन्डोनेसियाका अधिकारीहरूले विज्ञप्ति मार्फत जनाएका छन्।

बाढीका कारण तीन हजार २०० भन्दा बढी सरकारी घर तथा भवनहरू डुबानमा परेपछि लगभग उक्त स्थानमा आश्रय लिइरहेका तीन हजार परिवारसमेत विस्थापित भएको जनाइएको छ।
बाढीले धान बाली, गाईवस्तु र सार्वजनिक सुविधाहरू पनि नष्ट गरेपछि मानिसहरुको दिनचर्या नै तहस नहस बनाएको जनाइएको छ।
The post प्रकृतिक विपद्मा एसियाली राष्ट्र, एक सातामा ६ सय धेरैको मृत्यु appeared first on RONB post.