npl.977 Nepal News Stream

RONB post logo RONB post

काठमाण्डुको प्लेअफ सम्भावना बलियो, कर्णालीको कठिन

RONB Post 13 hours ago

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमाण्डु गोर्खाजले चौथो जित निकालेको छ । आफ्नो छैटौं खेलमा काठमाण्डुले कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको छ ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १७.६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

काठमाण्डुको जितमा मध्यक्रमका ब्याट्सम्यान गेरहार्ड इरासमस र विकेटकिपर जन सिम्पसनको साझेदारी निर्णायक रह्यो। जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाण्डुलाई जितको बाटो देखाए ।

गेरहार्ड इरासमसले ३३ बलमा ४३ रनको महत्वपूर्ण अविजित पारी खेले, जसमा २ चौका र २ छक्का समावेश थियो।

कर्णालीका  नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। पवन सर्राफले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन जोडेको थियाे । कर्णालीका गुलसन झाले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ४९ रन बनाए।

जितसँगै यता, चौथो हार बेहोरेको कर्णालीको प्लेअफ यात्रा भने कठिन बनेको छ । कर्णाली यसअघि पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो ।

प्रतियोगिताका काठमाण्डूको यो चौथो जित हो जितसँगै काठमाण्डू गोर्खाज प्लेअफनजिक पुगेको छ ।

The post काठमाण्डुको प्लेअफ सम्भावना बलियो, कर्णालीको कठिन appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category