npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

महान्यायाधिवक्ताको निर्णय- रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

नेपालन्युज 14 hours ago

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा महान्यायाधिवक्ता कार्यालयले फिर्ता लिने निर्णय गरेको छ।

महान्यायाधिवक्ता सबिता भण्डारीले रविमाथिको मुद्दा फिर्ता लिने निर्णय बुधबार गरेकी हुन्। यी दुई प्रकृतिका मुद्दा फिर्ता लिए पनि सहकारी ठगीको मुद्दा भने कायमै छ। रविविरुद्ध कास्की जिल्ला अदालत‚ काठमाडौं जिल्ला अदालत‚ रुपन्देही जिल्ला अदालत र चितवन जिल्ला अदालतमा सहकारी ठगी‚ संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।

महान्यायाधिवक्ता कार्यालयको निर्णयसँगै अब यी जिल्लाका सरकारी वकिलको कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिनेछन्। चारवटा जिल्ला अदालतमा चलिरहेको अभियोगपत्र संशोधन गर्न पनि महान्यायाधिवक्ता भण्डारीले स्वीकृत दिएकी छन्।

“सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता‚ २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुने गरी स्वीकृति दिने निर्णय गरिएको छ‚” महान्यायाधिवक्ताको कार्यालयको टिप्पणी र आदेशमा उल्लेख छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट लामिछाने सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा थिए। तर लामिछाने अदालतबाट सर्तसहित बिगोबापतको धरौटी बुझाएर थुनामुक्त भइसकेका छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category