npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

केसीले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

Prakash Timalsina 5 hours ago

काठमाडौं (हाम्रो खेलकुद)- उच्च अदालत पाटनको‌ आदेश विपरीत अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्वाचन प्रक्रिया नरोकेपछि अर्को पक्षले पनि उम्मेदवारी दिने पक्का भएको छ।

वर्तमान एन्फा उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले अध्यक्षमा उम्मेदवारी दिने पक्का भएको छ। उनले भोलि आफूले अध्यक्षमा उम्मेदवारी दिने हाम्रो खेलकुदलाई जानकारी दिए।

‘हामीले सुरु देखि नै कार्यकाल सकेपछि निर्वाचन गरौं भन्यौं । त्यसलाई नमानेर बहुमतका आधारमा निर्वाचनमा जाने निर्णय भयो। उच्च अदालतले निर्वाचन प्रक्रिया रोक्न आदेश दिएको छ। तर पनि प्रक्रिया रोकिएन । उम्मेदवारी दर्ताको लागि माघ ३ गते (भोलि) सम्मको समय तोकिएको छ,’ उनले भने, ‘ अदालतमा ६ गते छलफलका लागि डाकिएको छ। प्रक्रिया नरोकेपछि हामीले पनि बाध्यताबस उम्मेदवारी दर्ता गर्नुपर्ने भयो। भोलि अदालतबाट गर्ने आदेशको पालना गर्नु पर्ने हुँदा हामी गर्छौं। तर अहिलेसम्म उम्मेदवारी नदिदा एकलौटी गरेर जाने खतरा भयो। त्यसलाई रोक्न पनि उम्मेदवारी दिने निर्णय गरेका छौं।’

केसी यसअघि कर्मा छिरिङ शेर्पाको समूहबाट उपाध्यक्षमा निर्वाचित भएका थिए। केसीले आफ्नो प्यानलसहित निर्वाचनमा जाने तयारी भइरहेको बताएका छन्।

विधान विपरित माघ २८ गतेका लागि तोकिएको निर्वाचनसहितको साधारण सभामा पेश गर्नका बुधवार केन्द्रीय कार्यसमितिको बैठकबाट लेखा परीक्षण र बजेट पास गरिएको थियो ।

उच्च अदालत पाटनले सोमवार निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपनि नेम्वाङको नेतृत्वमा निर्वाचन प्रक्रिया अघि बढाइरहेको छ। एन्फाका महासचिव किरण राईले मंगलवार निर्वाचनसँग सम्बन्धित विषयमा सदस्य संस्थाका अध्यक्षलाई पत्रचार गरेका थिए।

एन्फा साधारण सभामा भाग लिने प्रतिनिधिको दैनिक तथा भ्रमण भत्ता सम्बन्धित व्यक्तिहरुको बैंक खातामा पठाउने पत्राचार गरिएको थियो। अदालतको आदेशका विषयमा बैठकमा प्रश्न उठेपछि अध्यक्ष नेम्वाङले पत्र बुझ्ने बताएको सदस्यले बताए ।

बुधवार नै उच्च अदालत पाटनको निर्वाचन सम्बन्धी आदेश एन्फाको दर्ता फाँटले बुझेको बताइएको छ ।
अन्तरिम आदेशलाई जारी राख्ने नराख्ने विषयमा छलफल गर्न माघ ६ गतेका लागि उच्च अदालतले छलफलमा बोलाएको छ।

The post केसीले एन्फा अध्यक्षमा उम्मेदवारी दिने first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category