npl.977 Nepal News Stream

RONB post logo RONB post

कांग्रेस महाधिवेशन पुस २६ देखि २८ सम्म, यस्तो छ कार्यतालिका

RONB Post 2 hours ago

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन पुसको २६ गतेदेखि काठमाडौंमा हुने भएको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशन पुस २६, २७ र २८ गते गर्ने निर्णय गरेको हो।

बैठकले महाधिवेशनअघि पूरा गर्नुपर्ने सबै तयारी तथा प्रक्रियासम्बन्धी कार्य तालिकासमेत सार्वजनिक गरेको छ।  प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार अब विशेष महाधिवेशनको आवश्यकता रहेन ।

कार्य तालिकामा अधिवेशनको पूर्व तयारी, आवश्यक सङ्गठनात्मक प्रक्रिया, व्यवस्थापन तथा अन्य प्राविधिक कामहरू समेटिएका छन्।

काँग्रेसले विगत केही समयदेखि विवादित बनेको महाधिवेशनको मिति टुङ्गो लगाएसँगै अब सबै तयारी तीव्र रूपमा अघि बढाउने जनाएको छ।

कांग्रेसले पारित गरेको कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरणको लागि केन्द्रीय कार्यसमितिको बैठकले २०८२ असोज मसान्तसम्म नवीकरणको अन्तिम समय सीमा तोकेकोमा नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले जिल्ला कार्यसमितिको बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नावमाली र रकम केन्द्रमा पठाउने समय मंसिर २५ गतेभित्र तोकिएको छ ।

पुस ८ गतेभित्र नवीकरणको सूची जिल्लाले केन्द्रमा पठाइसकेपछि पनि कुनै सदस्यले नवीकरण गर्न आउँछन् भने त्यस्तो सदस्यको नवीकरण गरी छुट भएकाहरुको मात्र छुट्टै नामावली, निर्णय र रकम जिल्लाले केन्द्रमा पठाउने अवधि राखिएको छ ।

जनसम्पर्क समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण कार्य गर्ने अवधि मंसिर मसान्तसम्म राखिएको छ । नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउने अवधि पुस ३ गतेसम्म कायम राखिएको छ ।

यस्तो छ कार्यतालिका

-विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन पुस १५ गते
-गाउँ, नगर र वडा कार्यसमितिको अधिवेशन पुस १६ गते
-गाउँ/नगरपालिका अधिवेशन पुस १७ गते
-प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते
-प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते
-एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते
-सातै प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गते
-केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते

The post कांग्रेस महाधिवेशन पुस २६ देखि २८ सम्म, यस्तो छ कार्यतालिका appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category