npl.977 Nepal News Stream

Taksar News logo Taksar News

एनआरएनएलाई राजनीतिक दल नबन्न मन्त्री खरेलको आग्रह

टक्सार न्युज 21 hours ago

काठमाडौँ। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई राजनीतिक दल नबन्न आग्रह गरेका छन् । आइतवार आयोजित एनआरएनएको एकता घोषणा कार्यक्रममा उनले संस्थाका नेताहरु राजनीतिक दलमा आवद्ध हुँदा एनआरएनाको गरिमा खस्किँदै गएको उल्लेख गरेका हुन् ।

उनले भने, “नेपालमा गैरआवासीय नेपाली संघ भन्ने बित्तिकै ओज, गरिमा, विश्वास र सम्मान कायम थियो। तर पछिल्ला वर्षमा धेरै नेता राजनीतिक दलसँग आबद्ध भएपछि संस्थाको गरिमा घट्यो। अब ठूलो अवसर आएको छ, पार्टीको एनआरएन नबनाइ संस्थालाई समग्र गैरआवासीय नेपाली र राष्ट्रको हितमा राख्नुपर्छ।”

खरेलले सरकार गैरआवासीय नेपालीका लागि मतदानको सुविधा र गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका समस्यामा गम्भीर रहेको पनि बताए ।

Read more news from Taksar News

Explore by Source or Category