जेन-जी घाइतेहरू र शहिदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै प्रधानमन्त्री कार्यालयको ढोकामा धर्ना
नेपाल न्युज
|
7 hours ago
काठमाडौँ। जेन-जी सहिद परिवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारको गेटमा धर्ना दिएका छन्।
मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नभएको भन्दै सहिद परिवारहरू आन्दोलित बनेका हुन्।
जेन-जी सहिद परिवार कल्याणकारी समाज समितिका सचिव रोशन गौतमका अनुसार विभिन्न मन्त्रालय धाइरहनु परेपछि बाध्य भएर प्रधानमन्त्री कार्यालयमै धर्ना बस्नुपरेको हो। ‘अब कहिले यता मन्त्रालय, कहिले उता मन्त्रालय दौडिनु मात्रै भयो। फाइल बोकेर हिँड्ने अवस्था आएपछि हामीले यहीँ प्रधानमन्त्री कार्यालयमा धर्ना बस्ने निर्णय गरेका हौँ,’ उनले भने।





