npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

जावलाखेल पहिलो खेलमै पराजित

Prakash Timalsina 10 hours ago

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएर राष्ट्रिय लिग खेलेको लालिगुराँस एसोसिएसनले विजयी सुरुवात गरेको छ।

लालिगुराँसले सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई १-० ले हराएको छ। राज भुसालले दोस्रो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई जोगाउँदै लालिगुराँसले जित निकालेको हो।

लिगको पहिलो दिन बुधबार प्रेसिडेन्ट कपबाट छनोट भएको अर्को टोली काक्रेविहार क्लबले एक डिभिजन लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडसँग १- १ को बराबरी खेलेको थियो।

आज दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेलेका थिए।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा रेलिगेसनसहितको ए डिभिजन लिग सम्पन्न भइसकेको ९ सय ४९ दिन भइसकेको छ। त्यसयता ए डिभिजन लिग भएको छैन।

ए डिभिजन अनिश्चित रहँदै गर्दा एन्फाले विना रेलिगेसनको राष्ट्रिय लिग सुरु गरेको छ। यसमा १३ ए डिभिजन टोली र प्रेसिडेन्ट कपबाट छनोट भइआएका ४ गरि १७ टोलीको सहभागिता रहेको छ।

The post जावलाखेल पहिलो खेलमै पराजित first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category