Sutra News
फागुन २१ को निर्वाचनमा १२० दल प्रतिस्पर्धामा, नयाँ कुन कुन थपिए ?
काठमाडौं । आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन १२० राजनीतिक दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले सो निर्वाचनका लागि दल दर्ता गर्न दिएको समय आइतबार (मंसिर १४) सकिएको छ ।
आयोगका अनुसार २५ नयाँसहित १२० राजनीतिक दलले फागुन २१ को निर्वाचनका लागि दल दर्ता गराएका छन् । योसँगै आयोगमा दर्ता भएका दलको संख्या १४३ पुगेको छ, जसमध्ये फागुनको निर्वाचनमा भाग लिन १२० दलले निवेदन दिएका हुन् ।
जेनजी आन्दोलनपछि दर्ता भएका २५ दल पनि निर्वाचनमा सहभागी हुने भएका छन् ।
जसअनुसार उज्यालो नेपाल पार्टी, हाम्रो पार्टी नेपाल, श्रम संस्कृति पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल गतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, राष्ट्र निर्माण दल, राष्ट्रिय उर्जाशील पार्टी, पिपुल फस्ट पार्टी, स्वाभिमान पार्टी, नागरिक सर्वोच्चता पार्टी{, जनादेश पार्टी, सार्वभौम नागरिक पार्टी, नागरिक सेवा पार्टी, प्रगतिशील पार्टी, सर्वोदय पार्टी, समुन्नत पार्टी, नागरिक बचाउ दल, नेपाल जनसेवा पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, समावेशी समाजवादी पार्टी छन् ।