भौतिक, पूर्वाधार मन्त्रालयमा आए विश्वबाबु पुडासैनी, केशबकुमार शर्मा पुगे शिक्षा, विज्ञानमा
काठमाडौं। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा विश्वबाबु पुडासैनी आएका छन्।
सोमबारको मन्त्रिपरिषद् बैठकबाट पुडासैनीलाई भौतिक मन्त्रालयमा सरुवा गरेको हो। उनी यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव थिए। भौतिक मन्त्रालयमा रहेका केशवकुमार शर्मालाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ।
भौतिक मन्त्रालयमा माधवप्रसाद चौलागाईं आएपछि भौतिकमा पुडासैनीलाई ल्याइएको हो। यसअघिका भौतिकमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनअघिकै सचिवको रुपमा रहेका शर्मासँग मिलेर काम गरेका थिए। उनले सचिव लगायतका सरुवामा निश्चित मापदण्ड बनाएका थिए।
उनले ऊर्जा मन्त्रालय सम्हालेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाएर मनोज सिलवाललाई नियुक्ति दिएका थिए। त्यो निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शाक्यलाई पुर्नस्थापित गर्न परमादेश दियो।
The post भौतिक, पूर्वाधार मन्त्रालयमा आए विश्वबाबु पुडासैनी, केशबकुमार शर्मा पुगे शिक्षा, विज्ञानमा appeared first on BIZMANDU.