npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

नेपाललाई मध्यम लक्ष्य

Prakash Timalsina 1 hour ago

काठमाडौं (हाम्रो खेलकुद)- एसिसी पुरुष यू-१९ प्रिमियर कपको फाइनलमा युएईले नेपाललाई जितको लागि १ सय ४८ रनको चुनौती दिएको छ।

अजमानको कारवान ग्राउन्डमा भएको खेलमा नेपालले टस जितेर बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ४५.५ मा अल आउट हुँदै १ सय ४७ रन बनायो।

दयानन्द मण्डलले पहिलो ४ विकेट लिंदै युएई विरूद्ध नेपालले उत्कृष्ट सुरुवात गर्यो। ओपनर तथा कप्तान यायिन राय दयानन्दको बलमा रोयल आउट भए। लगत्तै ५ रन बनाएका जानुउल्लाह रेहमानीलाई पनि दयानन्दले नै एलबिडब्लु धरापमा पारे।

५ रन बनाउँदा २ विकेट गुमाएको युएईले सातौं ओभरमा थप दुई विकेट गुमायो। सातौं ओभरको दोस्रो बलमा ओपनर आयान मिसबाह र यही ओभरको पाँचौं बलमा मुहम्मद रायन खानलाई दयानन्दले पबिलियनको बाटो देखाइदिए। आयानले ११ रन बनाउँदा मुहम्मदले रनको खाता खोल्न सकेका थिएनन्।

पाँचौं विकेटको रुपमा पृथ्वी मधु ४ रनमा अशोक धामीद्वारा बोल्ड आउट भए। यसपछि अहमद खुदादत र नोरउल्लाह अबोयीले छैठौं विकेटका लागि ५६ रनको साझेदारी गरे। नोरउल्लाह २६ रन जोडेर अपराजित पौडेलको बलमा आउट भए। ३१.४ ओभरमा युएईले १ सय रन जोडेको थियो।

लगत्तै ७ रन बानएका उद्दिश सुनलाई पनि अपराजितले नै आउट गरे। आठौं विकेटको रूपमा सालेह अमिन ५ रनमा आउट भए।

क्रिजमा जमेका अहमद खुदादतले १ सय २६ बल खेल्दै ६ चौका सहित ७१ रनको उत्कृष्ट पारी खेले।‌ उनलाई पनि दयानन्दले नै आउट गरे।

बलिङमा दयानन्द नायक बने। उनले ६ ओभर ५ बए बलिङ गर्दै मात्र १७ रन दिएर ६ विकेट लिए। अपराजितले २ विकेट आफ्नो नाममा लेखाए।

नेपाल अपराजित रहँदै प्रतियोगिताको फाइनलमा पुगेको हो।

The post नेपाललाई मध्यम लक्ष्य first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category