npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

चुनावको वातावरण बनाउन सरकारले जनाधार भएका पार्टीसँग छलफल गर्नुपर्छ : प्रचण्ड

Basudev Timalsina 10 hours ago

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते नै प्रतिनिधि सभाको निर्वाचन गरिनुपर्ने भन्दै त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने बताएका छन्।

उनले आइतबार पोखरामा पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनको वातावरण बनाउन जनाधार भएका पार्टीसँग छलफल गर्नुपर्ने बताए।

‘चुनाव तोकिएको समय फागुन २१ गते नै हुनुपर्छ। त्यसका लागि सरकारले जनाधार भएका पार्टीका नेतासँग छलफल गर्नुपर्दछ। जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बन्दैन,’ उनले भने।

सभालाई सम्बोधन गर्दै प्रचण्ड

प्रचण्डले अघिल्लो सरकारले दुई तिहाइ बहुमतको घमण्ड गर्दा राष्ट्रले ठूलो क्षति बेर्होनु परेको बताए।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राजनीतिक अस्थिरता अन्त्यका लागि निर्वाचन हुनै पर्ने बताए। ‘राष्ट्रकासामु अहिले ठूलो सङ्कट सिर्जना भएको छ। यसको अन्त्यका लागि निर्वाचनको विकल्प छैन,’ उनले भने।

The post चुनावको वातावरण बनाउन सरकारले जनाधार भएका पार्टीसँग छलफल गर्नुपर्छ : प्रचण्ड appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category