npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

प्रभु बैंकका सीईओ शेरचनलाई पाँच दिन हिरासतमा राखिने

नेपालन्युज 4 hours ago

काठमाडौँ। उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र सहायक प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मणिराम पोखरेललाई अनुसन्धानका लागि समय थपेको छ। न्यायाधीशहरू लेखनाथ पोडेल र गीताप्रसाद तिम्सिनाको वाणिज्य इजलबासबाट सोमबार पाँच दिनका लागि म्याद थप गरिएको हो।

उच्च अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार बैंकिङ कसुर मुद्दाको अनुसन्धान गर्न पाँच दिनका लागि हिरासतमा राख्ने अनुमति दिइएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शेरचन र पोखरेललाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा आइतबार प्रभु बैंकको केन्द्रीय कार्यालय बिजुलीबजारबाट गिरफ्तार गरिएको थियो।

यसअघि प्रहरीले प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन र लेखा प्रमुख हेमकुमार महाजूलाई पक्राउ गरेको थियो। भट्टचन हाजिरी जमानीमा छुटिसकेका छन्। सोही प्रकरणको अनुसन्धान सिलसिलामा शेरचन र पोखरेल पक्राउ गरेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।

Read more news from नेपाल न्युज

Explore by Source or Category