npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

सेयर बजारमा ४.२८ अंकको गिरावट, कारोबार ४ अर्ब ७१ करोडको, ४ कम्पनीमा पोजेटिभ सर्किट

Sunil Kunwar 2 hours ago

काठमाडौं। चालु साता सेयर बजार दोस्रो दिन पनि घटेको छ। नेप्से परिसूचक सोमबार ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा आएको छ।

कारोबारमा आएका विकास बैंक, फाइनान्स, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त बाहेकका उपसमूहले बजार घटाएका हुन्। लगानी समूहको सूचक सबैभन्दा धेरै ०.७३ प्रतिशतले घटेको छ।

सेयरमूल्य घटेका १२६ कम्पनीका लगानीकर्ताले बजारमा गुमाएका छन्। निफ्रा ग्रीन इनर्जी डिबेञ्चचरको सेयर मूल्य सबैभन्दा धेरै ९.५१ प्रतिशतले घटेको छ।

बजारमा १२४ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रिटेकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

साताको पहिलो दिनका तुलनामा सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। बजारमा ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

युनाइटेड मोदी हाइड्रोपावरको सबैभन्दा धेरै २७ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ। हिमालयन रिइन्स्योरेन्स १५ करोड ३८ लाख र बन्दिपुर केबलकार १४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

The post सेयर बजारमा ४.२८ अंकको गिरावट, कारोबार ४ अर्ब ७१ करोडको, ४ कम्पनीमा पोजेटिभ सर्किट appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category