npl.977 Nepal News Stream

Himal Press logo Himal Press

हुम्लाको अदानचुलीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Ramesh Dawadi 7 hours ago

हुम्ला- ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिका-२ स्थित ठूला खोला भन्ने ठाउँमा भे२त २०५५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सुम्ला घर भएका अन्दाजी ३० वर्षीय नगेस रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए।

उनका अनुसार बिहीबार साँझ साढे ५ बजेको समयमा गल्फागाड श्रीनगर सडकखण्डका लागि ढुंगा ओसार्ने क्रममा ठूलाखोलामा सडकबाट करिब एक सय मिटर तल ट्रयाक्टर खसेर दुर्घटना भएको हो। घटनाको वास्तविक कारण भने अनुसन्धान भइरहेको उनले बताए।

कर्णाली करिडोरको गल्फागाडबाट श्रीनगरसम्म करिब ९ किलोमिटर सडक कालोपत्र गर्ने काम भइरहेको छ। उक्त सडक निर्माणको लागि ढुंगा ओसारिरहेको ट्रयाक्टर दुर्घटनामा परेको हो।

Read more news from Himal Press

Explore by Source or Category